२ असार २०८३, मंगलबार | June 16, 2026

अबिरल वर्षासंगै आएको पहिरोको बुटवल-पाल्पा सडक अवरुद्ध



बुटवल । अबिरल वर्षासंगै आएको पहिरोको सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल-पाल्पा सडक शुक्रबार साँझदेखि अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिका-५ केराबारी भन्ने स्थानमा पहिरोले सडक पुरिएपछि पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध हुँदा बुटवलदेखि पाल्पा, पोखरा, स्याङ्जा, गुल्मी लगायतका ठाउँका लागि हिडेका तथा त्यहाँबाट बुटवलतर्फ आउँदै गरेका सवारीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

शुक्रबार साझ ६ बजेदेखि अवरुद्ध बनेको उक्त सडक शनिबार विहान पहिरो सफा गरेपछि मात्रै खुला हुने बताइएको छ । निरन्तरको वर्षा र रातको समय भएका कारण पहिरो खुलाउन शनिबारसम्म कुर्नुपर्ने अवस्था आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी पाल्पाको बर्तुङ पोखरा सडक पनि पहिरोले अवरुद्ध भएको छ । बगनासकाली-१ मा पहिरोले बाटो अवरुद्ध भएको हो ।

उता रोल्पा त्रिवेणी गाउँपालिकास्थित सहिद मार्ग पनि पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा रिडी तम्घास सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ९ : ३४ बजे

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत