१० बैशाख २०८३, बिहिबार | April 23, 2026

देश विकास हुन नसक्नुको मूल कारण राजनीति : नारायणकाजी श्रेष्ठ



पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न सुझाव दिएका छन् । आज पोखरामा आयोजित प्रेस सेन्टर नेपाल कास्की शाखाको छैटौँ जिल्ला अधिवेशनमा उनले राजनीति धमिलो भएको अवस्थामा जिम्मेवार र निष्ठावान् पत्रकारिता आवश्यक पर्ने भएकाले सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरे ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सञ्चारकर्मीले सधैँ सुशासन, राष्ट्रिय स्वाधिनता र जनहितमा कलम चलाउन आग्रह गरे । “पत्रकारिता समाजलाई सही बाटोमा डो¥याउने खालको हुनुपर्छ । गलत गर्ने जो कोहीका विषयमा पनि कलम चलाउन छोड्नु हुन्न”, उनले भने,“पछिल्लो समय राजनीतिक भ्रष्टीकरण बढेकाले यसलाई सही बाटोमा ल्याउन पनि पत्रकारका भूमिका महत्वपूर्ण हुने भएकाले यसतर्फ ध्यान दिन आवश्यक छ ।”

पूर्वउपप्रधानान्त्री श्रेष्ठले देश विकास हुन नसक्नुको मूल कारण राजनीति नै भएकाले राजनीतिलाई सङ्लो बनाउन आवश्यक भएको धारणा राखे ।

नेपाल पत्रकर महसङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवालीलगायतले श्रम अधिकार र पत्रकारिताका विविध पक्षबारे धारणा राखे ।

प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पत्रकार दीपक परियारलाई थमन परियार स्मृति पत्रकारिता पुरस्कारद्वारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ५ : ४७ बजे

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ-मुना-ढोरपाटन निर्माणमा

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजना निर्माण सुस्ताएको

पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा