११ श्रावण २०८३, सोमबार | July 28, 2026

बैंकमा कार्यरत दम्पतीलाई कोरोना, बैंक बन्द गर्न गाउँपालिकाको निर्देशन



दमौली । तनहुँको भानु नगरपालिका घर भई बन्दीपुरस्थित दुईवटा बैङ्कमा कार्यरत श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भानु नगरपालिकामा आइतबार थपिएका २२ कोरोना सङ्क्रमितमध्ये उनीहरु पनि छन् । गरिमा विकास बैङ्कमा कार्यरत श्रीमती र ग्लोबल आइएमई बैङ्कमा कार्यरत श्रीमानमा कोरोना पुष्टि भएपछि बन्दीपुर गाउँपालिकाले दुवै बैङ्क तत्कालका लागि बन्द गर्न निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।

“बन्दीपुरस्थित बैङ्कमा काम गर्ने श्रीमान् श्रीमतीलाई कोरोना सङ्क्रमित भएको अबेर मात्रै थाहा पायौँ”, थापाले भने, “सम्बन्धित दुवै बैङ्कलाई एक हप्ताका लागि कार्यालय बन्द गर्न भनेका छौँ ।” यस विषयमा छलफल गर्न आज आकस्मिक बैठक डाकिएको र उक्त बैठकले थप निर्णय गर्ने थापाले बताए ।

भानु–६ निवासी २३ वर्षीया ग्लोबल आईएमई बैङ्क र २५ वर्षीया गरिमा विकास बैङ्कमा कार्यरत छन् । बन्दीपुर गाउँपालिकामा एक हप्तादेखि जारी निषेधाज्ञा आइतबार खुले पनि दुवै जना बैङ्कमा भने आएका थिएनन् ।

“तर पनि उहाँहरुको बैङ्कमा कार्यरत अन्य कर्मचारीको पनि स्वाब सङ्कलन गर्ने तयारी गरेका छौँ, रिपोर्ट नआइन्जेल बैङ्क बन्द गर्न भनेका छौँ”, अध्यक्ष थापाले भने । रासस

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ८ : ११ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला