१६ बैशाख २०८१, आइतबार | April 28, 2024

लायन्स क्लव अफ बेलवास सिटीद्धारा खाध्य बैँक संचालन



बुटवल । लायन्स क्लव अफ बेलवास सिटीले कोभिड-१९ को महामारीलाई लक्षित गरी बेलवास चोकमा खाध्य बैँक संचालनमा ल्याइएको छ ।

आइतवार एक कार्यक्रमकाबीच बैँकको सुभारम्भ गर्दै क्लवका संस्थापक अध्यक्ष तथा रिजन चियर पर्सन शिवलाल उपाध्ययले कोभिड १९को महामारीका कारण कुनै पनि व्यक्ती भोको रहन नपरोस भन्ने उद्देश्यले खाध्य बैँक संचालनमा ल्याइएको बताए । उनले यस प्रकारको अभियानले चुलो निभ्न नदिने विश्वास समेत लिए ।

कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष लक्ष्मण कुमार खड्काले हुनेले दिने र नहुने लिएर जाने गरी फुड एक्सचेन्जरका रुपमा क्लवले काम गर्ने बताए । पहिलो चरणमा सेनिटाइजर, मास्क तथा राहात वितरण गरेको क्लवले दोस्रो चरणमा खाध्य बैँक नै संचालनमा ल्याएको उनको भनाई छ ।

त्यस्तै सोही कार्यक्रममा बोल्दै क्लवका उपाध्यक्ष तथा खाध्य बैक संचालक समितिका संयोजक गोविन्द खनालले समाजिक सेवाभावले नै काम गर्न सुरु गरिएको बताए । बैँकमा चामल, दाल, नुन, तेल, पिठोलगाएतका समाग्रीको पोका तयार गरिएको छ । अतिआवश्यक हुनेहरुले पोक लैजान सक्ने गरी व्यवस्थापन गरिएको छ ।

उपाध्यक्ष रामप्रसाद भूषालको राष्ट्रियगान, टेमर शिव खनालको झन्डा अभिवादन तथा सहसचिव वावु भूषालको संचालनमा भएको कार्यक्रममा निर्वतमान अध्यक्ष उमलाल बन्जाडे, क्लवका पदाधिकारी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ९ : २८ बजे

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको