१ पुस २०८२, मंगलबार | December 16, 2025

कांग्रेसको ठहर : भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष



काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको बताएको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा आज बसेको पदाधिकारी बैठले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको निस्कर्ष निकालेको हो । बैठकले यो प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता कतैबाट पुष्टि नहुने भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएका भरमा आरोप लगाइएको भन्दै निन्दा पनि गरेको छ ।

बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘भिटिज भिसा प्रकरणमा गृहमन्त्रीजी संलग्न हुनुहुन्न भन्ने कुरामा हामी विश्वस्त छौं । जो संलग्न छन् तिनलाई कारबाही हुनुपर्छ ।’

बैठकमा नेता शेखर कोइरालाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने भनेर दिएको अभिव्यक्तिलाई अस्वीकार गरेको छ । कोइरालालगायतका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेको भन्दै उनीहरुको आलोचना भएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ११ : ३८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज