२१ चैत्र २०८२, शनिबार | April 4, 2026

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जाने



काठमाडौं। राजावादी आन्दोलनका क्रममा हिंसा भड्काउने अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालत जाने भएको छ । उच्चको आदेशप्रति असहमति जनाउँदै महान्यायाधिवक्ता कार्यालय सर्वोच्च जान लागेको हो ।

उच्च अदालतका न्यायाधीशहरू टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार मात्रै प्रसाईंलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

प्रसाईं गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनसँग सम्बन्धित घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए । त्यसअघि उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

अदालतको आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७५ को मर्मविपरीत रहेको महान्यायाधिवक्ता कार्यालयले निस्कर्ष निकालेको छ। प्रसाईंमाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव तथा संगठित अपराधसम्बन्धी मुद्दा दायर भएको छ।

प्रकाशित मिति : २० श्रावण २०८२, मंगलबार  ११ : २२ बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा