२७ असार २०८३, शनिबार | July 12, 2026

नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै, उपसभामुखको विषयमा छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सोमबार बस्दैछ । सभापति शेरबहादुर देउवाले सोमबार बिहान १० बजे निजी निवास बूढानीलकण्ठमा बैठक बोलाएका छन् ।

बैठकमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथि छलफल हुने बताइएको छ ।

गत साउन २८ गते संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ अनुसार संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान रहेको छ ।

यसअघि कांग्रेस र एमालेले उपसभामुख रानामगरमाथि पदीय आचरण विपरीत काम गरेको आरोपमा हस्ताक्षर संकलन गरिसकेका छन् । तर, कांग्रेस भित्रै उपसभामुखविरुद्धको हस्ताक्षर संकलनलाई लिएर विवाद देखिएको छ । सभापति देउवा इतर समूहका डा. शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसलाई विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ भदौ २०८२, सोमबार  ९ : २४ बजे

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको मृत्यु

काठमाडौँ । बुद्धनगरका ४५ वर्षीय अश्विन रावतको जलबाट मृत्यु भएको

खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

नेपालगन्ज । नेपालगन्जका खेलाडी तथा खेलकर्मीहरुले खेलकुदले समाजलाई जोड्नुका साथै

बझाङ जीप दुर्घटनामा तीन जनाको मृत्यु, सात जना गम्भीर घाइते

महेन्द्रनगर । बझाङमा आज अपराह्न भएको जीप दुर्घटनामा तीन जनाको

गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासका