१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

एमाले महाधिवेशनअघि सचिवालयको अन्तिम बैठक सुरु



काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा एमालेको एघारौँ महाधिवेशनअघि पार्टी सचिवालयको अन्तिम बैठक आज केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै यो बैठकलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या र केन्द्रीय कमिटी विस्तारसम्बन्धी प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । २०७८ मंसिर १० देखि १३ गतेसम्म चितवनमा सम्पन्न दशौँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको यो अन्तिम सचिवालय बैठक हो ।

हालका १५ सदस्यीय पदाधिकारी संरचनालाई विस्तार गरी फेरि १९ सदस्यीय बनाउने ओलीको योजना रहेको स्रोतले जनाएको छ । उनले आफूतर्फ झुकेका नेताहरूलाई व्यवस्थापन गर्न नेतृत्व संरचना विस्तार गर्न खोजेको विश्लेषण गरिएको छ । साथै २५१ सदस्यीय केन्द्रीय कमिटीलाई बढाएर ३०० सदस्यीय बनाउने प्रस्ताव पनि अध्यक्ष ओलीले ल्याउन लागेका छन् ।

तर अध्यक्ष ओलीको प्रस्तावविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले कडा आपत्ति जनाउने संकेत देखिएको छ । यदि विधान संशोधनका प्रस्ताव पेश भए त्यसको प्रतिवाद गर्ने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताएकी छन् ।

महाधिवेशन उद्घाटन समारोह मंसिर २७ गतेबाट सुरु हुनेछ, जसमा प्रस्तावित नेतृत्व संरचना र संगठनात्मक मोडेल तय हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : ४४ बजे

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो

प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

काठमाडौं । श्री वालेन्द्र शाह नेपालको प्रधानमन्त्री नियुक्त भएकामा रूसका

चैत्र शुक्ल पूर्णिमा : हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त