१० श्रावण २०८३, आइतबार | July 27, 2026

नेपालगन्ज उपमहानगरमा ८१८ जनालाई कोरोना संक्रमण, उपमहानगर एक्लैले उछिन्यो सबै पालिकालाई



नेपालगन्ज । बाँकेमा बिगत ५ महिनामा कुल कोरोना संक्रमितको संख्या १७५० पुग्दा जिल्लाका सबै पालिकाहरुलाई नेपालगन्ज उप महानगरपालिकाले उछिनेको छ ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार बैशाख देखि असोज ९ गते सम्ममा नेपालगन्ज उपमहानगरमा ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा नेपालगन्ज पछि सबैभन्दा बढि कोहलपुर नगरपालिकामा २२५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि कुनैबेला कोरोनाको हट स्पट बनेको नरैनापुरमा १२२ जना, खजुरा गाँउपालिकामा ११७ जना, राप्ती सोनारीमा ८४ जना, जानकी गाँउपालिकामा ६५ जना, बैजनाथ गाँउपालिकामा ५६ जना तथा डुडुवा गाँउपालिकामा ३४ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा बसोबास गर्ने तर जिल्ला बाहिर ठेगाना लेखाएका २२७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँकेमा असोज ९ गते मध्यान्हसम्ममा १२ जना कोरोना संक्रमितको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा ३ वटा पीसीआर ल्यावबाट कोरोना परीक्षण गरिएको छ भने लक्षण सहितको कोरोना संक्रमितलाई भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा कोरोना संक्रमितहरुको उपचार गर्ने ब्यवस्था मिलाईएको छ । बाँकेमा समुदाय स्तरमा नेपालमै पहिलो सेल्फ पे गर्ने गरि होटलमा आइसोलेसनको अभ्यास गरिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ४ : ३० बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले