५ भदौ २०८३, शुक्रबार | August 21, 2026

दुर्गा प्रसाईंको गिरफ्तारीप्रति आजपाको आपत्ति, बिना सर्त रिहा गर्न माग



काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले दुर्गा प्रसाईंको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाउँदै उनलाई बिना सर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

निर्वाचन आयोगको सुझावअनुसार प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको बताइएको छ ।

पार्टीका प्रवक्ता चन्द्रभूषण साहले जारी गरेको विज्ञप्तिमा रातिको समयमा गरिएको पक्राउप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरिएको छ। विज्ञप्तिमा सरकार आलोचक तथा फरक धारका व्यक्तिलाई निरुत्साहित गर्ने मनसायले पटक–पटक पक्राउ र रिहा गर्ने गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ।

आजपाले यस्तो कार्य सरकारको मर्यादा र परिपक्वताविपरीत भएको दाबी गर्दै यसले विधिको शासन र लोकतन्त्रमा नकारात्मक असर पार्ने जनाएको छ। साथै मानव अधिकार, मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र असहमतिको अधिकारमाथि आघात पुग्ने कार्य नगर्न सरकारलाई सचेत गराइएको छ।

पार्टीले विज्ञप्तिमार्फत प्रतिशोधपूर्ण रूपमा गरिएको भन्दै प्रसाईंको गिरफ्तारी तत्काल निष्प्रभावी बनाई बिना सर्त रिहा गर्न माग गरेको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०८२, मंगलबार  १० : २९ बजे

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा