२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

प्रस्तावित राजधानी ‘भालुवाङ’ क्षेत्रको जग्गा कारोबार अनिश्चितकालसम्म रोक्का



बुटवल । प्रदेश ५को प्रस्तावित स्थायी राजधानी दाङको देउखुरी भालुवाङ क्षेत्रमा जग्गा कारोबारलाई अनिश्चितकालीन रोक लगाइएको छ ।

राजधानी प्रस्ताव गरे लगत्तै जग्गा कारोबारीहरु सल्बलाउन सक्ने आशंका गर्दै प्रदेश सरकारले त्यस क्षेत्रको जग्गा कारोबारमा अनिश्चितकालिन रोक्का गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को असोज १६ गतेको बैठकले दाङको राप्ती गाउँपालिाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिाको वडा नं. ८ र ९ मा जग्गा कारोाबार रोक लगाउने निर्णय गरेको थियो ।

दाङ र अर्घाखाँचीको मालपोतलाई पत्राचार गर्दै प्रदेश मन्त्रिपरिषद् कार्यालका सचिव भरतमणि सुवेदीले लेखेका छन् ‘नेपालको संविधानको धारा २८८ को उपधारा २ र धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव प्रदेशसभामा निर्णायार्थ प्रस्तुत गरेकाले अर्को आदेश नभएसम्मको लागि जग्गा किनवेच र कित्ताकाट गर्न रोक्का गरिएको व्यहोरा अनुरोध गर्दछु ।’

पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबारलाई समेत पठाइएको छ ।

प्रदेश सरकारले शुक्रबार दाङ र अर्घाखाँचीको सीमाना भालुवाङमा प्रदेश राजधानी राख्ने प्रस्ताव प्रदेश सभामा निर्णायार्थ पेश गरेको थियो । प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव समेत पेश भएको छ ।

यसअघि देश संघीय संरचनामा जाने वित्तिकै प्रदेश राजधानी दाङको बेलझुण्डी क्षेत्र रहने भन्दै जग्गा कारोबारीहरुले जग्गाको अस्वभाविक भाउ कारोबार गरेका थिए । तर अस्थायी राजधानी बुटवल तोकिएसँगै जग्गाको कारोबार गर्नेहरुको लगानी डुबेको थियो ।

सरकारले प्रदेशसभामा प्रस्ताव पेश गरेलगत्तै बुटवलमा भने विरोध प्रदर्शन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राजधानी सार्ने प्रस्ताव विरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरेको छ । शुक्रबार नै काँग्रेसको भातृ संगठन नेवि संघले बुटवल भैरहवा क्षेत्रमा सडकमा प्रदर्शन गर्दै सरकारी गाडी तोडफोड गरेको थियो ।

सत्तारुढ नेकपाका रुपन्देहीका नेता कार्यकर्ताहरु पनि यो प्रस्तावबाट बेखुशी देखिएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ५८ बजे

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई

गण्डकीका मुख्यमन्त्रीले वैशाख २३ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३

ग्लोबल आइएमईले गर्यो प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडौ । ग्लोबल आइएमई बैंकले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी आयोजना

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायले लुम्बिनीमा अन्तराष्ट्रिय

विश्व प्रेस स्वतन्त्रता दिवसको सान्दर्भिकता

काठमाडौं । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूले आज संसारभर उत्सव