१८ माघ २०८२, आइतबार | February 2, 2026

प्रस्तावित राजधानी ‘भालुवाङ’ क्षेत्रको जग्गा कारोबार अनिश्चितकालसम्म रोक्का



बुटवल । प्रदेश ५को प्रस्तावित स्थायी राजधानी दाङको देउखुरी भालुवाङ क्षेत्रमा जग्गा कारोबारलाई अनिश्चितकालीन रोक लगाइएको छ ।

राजधानी प्रस्ताव गरे लगत्तै जग्गा कारोबारीहरु सल्बलाउन सक्ने आशंका गर्दै प्रदेश सरकारले त्यस क्षेत्रको जग्गा कारोबारमा अनिश्चितकालिन रोक्का गरेको हो ।

प्रदेश मन्त्रिपरिषद्को असोज १६ गतेको बैठकले दाङको राप्ती गाउँपालिाका सबै वडा, गढवा गाउँपालिकाका वडा नं. १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिाको वडा नं. ८ र ९ मा जग्गा कारोाबार रोक लगाउने निर्णय गरेको थियो ।

दाङ र अर्घाखाँचीको मालपोतलाई पत्राचार गर्दै प्रदेश मन्त्रिपरिषद् कार्यालका सचिव भरतमणि सुवेदीले लेखेका छन् ‘नेपालको संविधानको धारा २८८ को उपधारा २ र धारा २९५ को उपधारा २ बमोजिम प्रदेशको स्थायी राजधानी र प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव प्रदेशसभामा निर्णायार्थ प्रस्तुत गरेकाले अर्को आदेश नभएसम्मको लागि जग्गा किनवेच र कित्ताकाट गर्न रोक्का गरिएको व्यहोरा अनुरोध गर्दछु ।’

पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सिंहदरबारलाई समेत पठाइएको छ ।

प्रदेश सरकारले शुक्रबार दाङ र अर्घाखाँचीको सीमाना भालुवाङमा प्रदेश राजधानी राख्ने प्रस्ताव प्रदेश सभामा निर्णायार्थ पेश गरेको थियो । प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव समेत पेश भएको छ ।

यसअघि देश संघीय संरचनामा जाने वित्तिकै प्रदेश राजधानी दाङको बेलझुण्डी क्षेत्र रहने भन्दै जग्गा कारोबारीहरुले जग्गाको अस्वभाविक भाउ कारोबार गरेका थिए । तर अस्थायी राजधानी बुटवल तोकिएसँगै जग्गाको कारोबार गर्नेहरुको लगानी डुबेको थियो ।

सरकारले प्रदेशसभामा प्रस्ताव पेश गरेलगत्तै बुटवलमा भने विरोध प्रदर्शन भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राजधानी सार्ने प्रस्ताव विरुद्ध आन्दोलनमा उत्रिन आह्वान गरेको छ । शुक्रबार नै काँग्रेसको भातृ संगठन नेवि संघले बुटवल भैरहवा क्षेत्रमा सडकमा प्रदर्शन गर्दै सरकारी गाडी तोडफोड गरेको थियो ।

सत्तारुढ नेकपाका रुपन्देहीका नेता कार्यकर्ताहरु पनि यो प्रस्तावबाट बेखुशी देखिएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ५८ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन