२० मंसिर २०८२, शनिबार | December 6, 2025

बुटवल-भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने प्रदेश ५ सरकारको निर्णय



बुटवल । प्रदेश ५ को राजधानी बुटवलबाट दाङको भालुबाङ सार्ने प्रस्ताव अघि बढाएको प्रदेश सरकारले बुटवल भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने निर्णय गरेको छ ।

प्रदेश ५ मन्त्रिपरिषद्को आज बसेको बैठकले बुटवल भैरहवा कोरिडोरलाई आर्थिक राजधानी बनाउने निर्णय गरेको हो । यस्तै, रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई जोडेर सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने समेत निर्णय गरेको छ ।

बुटवलबाट प्रदेशको राजधानी सार्ने प्रस्तावलाई प्रदेशसभाबाट अघि बढाएको सरकार निकै आलोचित भएपछि बुटवल भैरहवा क्षेत्रलाई आर्थिक राजधानी बनाउने निर्णयमा पुगेको हो ।

नेकपा संसदीय दलको हिजोको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले आफ्ना असन्तुष्ट सांसदहरुलाई मनाउने क्रममा आर्थिक र पर्यटकीय राजधानी बनाउने प्रतिवद्धता जनाएका थिए ।

बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रलाई समेटेर तीनै जिल्लालाई सांस्कृतिक एवं पर्यटकीय राजधानी बनाउने निर्णय गरिएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए ।

सरकारले प्रदेशसभा बैठकबाट आर्थिक र पर्यटकीय राजधानी घोषणाबारे जानकारी गराउने तयारी गरेको छ । यद्यपी, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको अवरोधका कारण आज पनि प्रदेश सभा बैठक अवरुद्ध हुने संभावना बलियो छ ।

मन्त्रिपरिषद बैठकले कपिलवस्तुको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रणसम्बन्धी अस्पताल बनाउने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  १२ : ५५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय