२५ श्रावण २०८३, सोमबार | August 10, 2026

नेपालमा आयो नयाँ विद्युतीय स्कुटर ‘टिभिएस अर्बिटर’, बुटवलमा सार्वजनिक



बुटवल । टिभिएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ विद्युतीय स्कुटर ‘टिभिएस अर्बिटर’ सार्वजनिक गरेको छ । नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले ल्याएको उक्त स्कुटर आइतबार बुटवलमा सार्वजनिक गरिएको हो ।

नेपाल अटो ट्रेड युनियनका अध्यक्ष कृष्ण घिमिरेले स्कुटर सार्वजनिक गर्दै अर्बिटरको आगमनले दिगो तथा स्वच्छ यातायात प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे । आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा दैनिक प्रयोगलाई ध्यानमा राखेर निर्माण गरिएको स्कुटरले नयाँ पुस्ताका ग्राहकको विश्वास जित्ने उनको भनाइ थियो ।

अर्बिटरको नेपाली बजार मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ । विद्युतीय स्कुटरका बिक्री तथा सेवा प्रमुख सुशान्त आचार्यले दैनिक सहरी यात्रालाई सहज र दिगो बनाउने उद्देश्यले स्कुटर नेपाली बजारमा ल्याइएको बताए । उनका अनुसार स्कुटरले एकपटक पूर्ण चार्ज गर्दा १५८ किलोमिटरसम्म यात्रा गर्न सक्नेछ ।

टिभिएसको यस क्षेत्रको आधिकारिक विक्रेता बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले अर्बिटरले नेपालको दुईपाङ्ग्रे विद्युतीय सवारी बजारलाई थप बलियो बनाउने बताए । उनले स्कुटरले सहरी यात्राको अनुभवलाई नयाँ ढङ्गले परिभाषित गर्ने दाबी गरे ।

स्कुटरमा ३.१ किलोवाट-घण्टाको ब्याट्री र १६९ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेको छ । १४ इन्चको अगाडिको पाङ्ग्रा, दुईवटा हेल्मेट राख्न मिल्ने ३४ लिटर क्षमताको सिटमुनिको भण्डारण, ८४५ मिलिमिटर लामो सिट तथा २९० मिलिमिटरको समतल फुटबोर्ड यसको प्रमुख विशेषता हुन् ।

अर्बिटरमा मोडअनुसारको नेभिगेसन, कल तथा एसएमएस सूचना, प्रत्यक्ष स्थान पहिचान, भौगोलिक सीमाङ्कन तथा सफ्टवेयर अद्यावधिक सुविधा उपलब्ध छ । डिजिटल एलसिडी क्लस्टर तथा मोबाइल एपसँगको जडान सुविधासमेत रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै, स्कुटरमा क्रुज कन्ट्रोल, उकालोमा रोकिँदा सहायक प्रणाली, पार्किङ सहायता तथा पुनःऊर्जा सङ्कलन गर्ने ब्रेकिङ प्रणालीसहित ‘इको’ र ‘पावर’ मोड उपलब्ध छन् । कार्यक्रमको सञ्चालन पत्रकार सुमन श्रेष्ठले गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ८ : ०२ बजे

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

रूपन्देही । लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

लमजुङ । कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य,

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१

व्यावसायिक कफीखेतीमा रमाउँदै ‘देवीराम’

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-११ झ्याउपोखरीका किसान देवीराम चौलागाईँ यतिबेला

धागोबाट सृजना, आत्मनिर्भर बन्दै आमाहरु

तुलसीपुर । दाङ बङ्गलाचुलीकी सुमिला नेपाली घोराही बसेर छोरी पढाउँदै