४ भदौ २०८३, बिहिबार | August 20, 2026

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध



बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका-३ स्थित हेडबक्स नजिकै सडक माथिबाट खसेको सुक्खा पहिरोले सडक अवरुद्ध भएको हो ।

नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, लुम्बिनी प्रदेश बुटवलका अनुसार हेडबक्सदेखि बुटवलतर्फको सडकमा पहिरो खसेपछि बिहान करिब साढे ७ बजेदेखि यातायात अवरुद्ध भएको हो ।

सडक माथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले तत्काल सडक खुलाउन सम्भव नभएको प्रहरीले जनाएको छ । पहिरो झर्ने क्रम रोकिएपछि सडकमा थुप्रिएको पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

सडक अवरुद्ध भएपछि बुटवलतर्फ आउने तथा बुटवलबाट विभिन्न जिल्लातर्फ छुटेका सवारीसाधन बाटोमै रोकिएका छन् । प्रहरीले पहिरो प्रभावित क्षेत्रमा सावधानी अपनाउन यात्रु तथा चालकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  ९ : ०४ बजे

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका

सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

धौवादी फलाम खानीबाट नौ करोड ६० लाख धाउ उत्खननको योजना

काठमाडौं । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक