१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

मधेस सरकार गठनबारे दलहरूबीच सघन छलफल भइरहेको छ : प्रचण्ड



महोत्तरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनबारे दलहरुबीच सघन संवाद भइरहेको बताएका छन ।

पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरणका लागि बर्दिबास आएका संयोजक प्रचण्डले आज सञ्चारकर्मीसँग कुराकानी गर्दै दलहरुबीच विभिन्न विकल्प खुला राख्दै छलफल भइरहेको स्पष्ट पारे ।

उनले भने, “हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ ।”

संयोजक प्रचण्डले लोकतान्त्रिक गणतन्त्रका पक्षधरबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो दलले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिहेको बताए । “यो अभियान मुख्यतः हाम्रो दलको आन्तरिक साङ्गठनिक काम व्यवस्थित गर्ने सवालमा केन्द्रित छ,” उनले भने, “यसै अभियानको धरातलबाट हामी लोकतान्त्रिक गणतन्त्र पक्षधरबीचको सम्बन्ध प्रगाढ बनाउँदै अघि बढ्ने छौँ ।”

यसैबीच, सो दलले राष्ट्रिय जागरण अभियानअन्तर्गतको मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम बर्दिबासमा आज आयोजना गरेको छ ।

त्यस कार्यक्रममा मधेशभरिका पार्टीका केन्द्रीय सदस्य, मधेस प्रदेश कमिटीका पदाधिकारी र जिल्ला अध्यक्ष÷संयोजक सहभागी हुने उक्त दलका मधेश प्रदेश इञ्चार्ज राजु खड्काले जानकारी दिए । यस कार्यक्रममा सो दलका सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी रहने जनाइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार  १० : २३ बजे

इनम सापकोटा र मिडियामा प्रहरी धरपकडबारे संसदीय छानबिन समिति बनाउन कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले बिचौलिया इनम सापकोटा र पछिल्लो समय

एनपिएल : काठमाडौं गोर्खाजले जित्यो टस, कर्णाली याक्स ब्याटिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सविरुद्ध काठमाडौं

सुन तोलामा २३ सय र चाँदी ७० रुपैयाँले बढ्यो

काठमाडौं। नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको भाउ बढेको

धरानबाट दुई सय नौ केजी गाँजासहित पाँच जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित

एक महिनाभित्र सबै स्थानीय तहबाट जग्गासम्बन्धी सेवा सञ्चालन गर्ने प्रधानमन्त्री शाहको घोषणा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले जग्गासम्बन्धी प्रशासनिक सेवा अब स्थानीय