२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णयले आतंक फैलियो, तत्काल फिर्ता लेऊ : माधव नेपाल



काठमाडौं । कोरोना भाइरसको परीक्षण र उपचार गर्नबाट सरकार पछि हटेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शिर्ष नेताहरुले आलोचना गर्न थालेका छन् ।

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले कोरोना भाइरसका संक्रमितको निःशुल्क परीक्षण र उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

वरिष्ठ नेता नेपालले सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेको जनाएका छन।

नेपालले भनेका छन्, ‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ ।’

नागरिकको उपचार गर्नुपर्नेमा सरकारको निर्णयले आम नागरिकमा थप आतंक सिर्जना गरेको नेपालको ठहर छ । उनले भनेका छन्, ‘विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।’

मुलुक कोभिड-१९ को महामारीबाट आक्रान्त भइरहेको र विरामीहरुको संख्या दिनदिनै बढिरहेको बेला नेपाल सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैँ गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारको उक्त निर्णयका आधारमा सरकारी अस्पतालहरुले निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिकहरु थप मारमा परेका छन् ।

संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ । यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन । त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गंभीर विषय हो । संक्रामक रोगसम्बन्धी हाम्रा विद्यमान कानुनी प्रावधानहरुले पनि सरकारलाई यो दायित्व सुम्पिएका छन् भन्ने कुरालाई ध्यानमा राखी सबै नागरिकको उपचार गर्नुपर्नेमा आम नागरिकमा थप आतंक सिर्जना हुने गरी गरिएको उक्त विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन म सरकारसँग जोडदार माग गर्दछु ।

माधवकुमार नेपाल
पूर्वप्रधानन्त्री तथा वरिष्ठ नेता
नेकपा

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १२ : ३४ बजे

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

राँझा । यहाँको डुडुवा गाउँपालिका-५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको

दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

गलकोट । एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौं । सरकार र जेनजीबीच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई

आज अन्तरराष्ट्रिय पर्वत दिवस

काठमाडौं । हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव,