१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

डोल्पामा नाकाबाटै पर्यटक फर्काइँदै



डोल्पा । हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ ।

जिल्लामा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्ट बिनानै नाकामा पुगेका पर्यटकहरु फर्काइएको हो । हालसम्म खदाङ्ग नाकाबाट केही आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।

सबैको प्रयासले डोल्पालाई अझैसम्म सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । ‘जिल्लाका सीमानाकामा कडाई गरेका छौँ, कोरोना परीक्षण रिपोर्ट नल्याएका पर्यटकलाई फर्काइएको छ, जिल्लाका नागरिकलाई कोरोना परीक्षण रिपोर्ट सहित होम क्वारेन्टाइनमा बस्ने शर्तमा मात्रै प्रवेश गर्न दिएका छौ”, प्रजिअ सुनारले भने, ‘डोल्पा घुम्न आएका पर्यटकलाई ७२ घण्टा अघिको कोरोना परीक्षण रिपोर्ट सहित आफ्नै खर्चमा क्वारेन्टिनमा बस्ने शर्तमा जिल्ला प्रवेश गर्न दिन सकिन्छ, सकभर कोरोना कहरमा आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित राख्नु पर्ने भएकाले डोल्पा नआउन आग्रह गर्दछौँ ।’

सडकमार्गबाट मात्रै नभई जहाजबाट डोल्पा आउने नागरिकलाई समेत सुरक्षाकर्मीको निगरानीमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अनिवार्य होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको प्रजिअ सुनारको भनाइ छ ।

गत असोज पहिले सातानै जिल्लामा सरोकारवालाहरुको उपस्थितिमा जिल्ला प्रवेशमा रोक लगाउने निर्णय सहित पटक–पटक सूचना प्रकाशन गरेपनि धमाधम पर्यटक भने आइरहेकाछन् ।

जिल्लाका फोक्सुण्डो ताल र झरना, त्रिपुरासुन्दरी मन्दिर, उपल्लो डोल्पा लगायतका ठाउँको अवलोकन गर्न काठमाडौँ, पोखरा, झापा लगायतका ठाउँबाट पर्यटक आउने गरेका छन् । रासस

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ६ : १८ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा