२२ बैशाख २०८१, शनिबार | May 4, 2024

विदेशबाट हुँदै आएको उद्दार उडान बन्द गर्न सरकारलाई सीसीएमसीको सिफारिस



काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ ।

अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो ।

विभिन्न देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुले लगभग उद्दारको सकिएको जानकारी गराएपछि उद्दार उडान बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

कुनै देशबाट पुनः उद्दार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । यसैगरी सीमानाका हुँदै नेपाल भित्रिन १३ वटा प्रवेश विन्दु रहेकोमा बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी सीसीएमसी बैठकले केबलकार, जंगल सफारी र सासहिक पर्यटनका क्षेत्र खुला गर्न पनि सरकारलाई सिफारिस गरेको गुरागाईंले जानकारी दिए ।

होम आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको संख्या धेरै रहेको अवस्थामा स्वास्थ्य परामर्शका लागि स्थानीय तहका वडाहरुबाट स्वास्थ्यकर्मीले परामर्श सेवा दिन अनुरोध गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

यस्तै कुटनीतिक नियोगका कर्मचारीका परिवारलाई पनि नेपाल आउन दिने निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफरिस गरिएको उनले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ३ : ३५ बजे

नेपालले वेस्ट इन्डिज ‘ए’लाई ६ विकेटले हरायो

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज

नेपालको तेस्रो विकेट गुम्यो, अनिल साह ५८ रन बनाएर आउट

काठमाडौं । टी-२० क्रिकेट सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा