२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

खजुराका कृषिमा आश्रित १०४ किसानले पाए पावर ट्रेलर



नेपालगन्ज । खजुरा गाउँपालिकाले पालिका भित्र कृषिमा मात्र आश्रित रहेका १०४ किसानलाई अनुदानमा पावर ट्रेलर उपलब्ध गराएको छ । पालिकाको कृषि शाखा मार्फत ५० प्रतिशत अनुदानमा किसानहरुलाई पावर ट्रेलर उपलब्ध गराएको हो ।

खजुरा गाउँपालिका ८ वटै वडाका कृषि समूहमा आवद्व भएका र अन्य पेशा नभएका १०४ जना किसानलाई गाउँपालिकाको केन्द्र बि गाउँमा आयोजित एक कार्यक्रममा मिनी पावर ट्रेलर हस्तान्तरण गरिएको थियो ।

पावर ट्रेलर वितरण कार्यक्रममा बोल्दै खजुरा गाँउपालिका प्रमुख किस्मत कक्षपतिले कृषिको आधुनिकीकरण, व्यवसायिककरण र यान्त्रिकिकरणमार्फत खजुरालाइ आत्मनिर्भर गराउन अनुदानमा प्रबिधी उपलब्ध गराईएको बताए । उनले विदेशबाट फर्किएका युवाहरूलाई विना धितो सहुलियत ऋण उपलब्ध गराउन बैंक संग सहकार्य भैरहेको पनि जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले पालिकाले कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि सारेको बताए ।

५२ हजार मुल्य पर्ने पावर ट्रेलरको आधा मुल्य गाँउपालिकाले ब्यहोर्ने गरि पालिकाले अनुदान दिएको पालिकाको कृषि शाखाले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ८ : ५६ बजे

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया