२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

एमाले माओवादी एकता ओलीलाई प्रधानमन्त्री बनाउन भएको थिएन : नारायणकाजी श्रेष्ठ



पोखरा । नेकपाको प्रचण्ड–नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिलाई परास्त गरेरै छाड्ने दावी गरेका छन्।

प्रचण्ड नेपाल पक्षले मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको तानाशाही र निरंकुश प्रवृत्ति लामो समयसम्म नचल्ने बताए ।

प्रवक्ता श्रेष्ठले पार्टीको स्थायी समिति बैठक चलिरहेका बेला प्रधानमन्त्री ओली बैठकबाट भाग्दै हिँडेको आरोप लगाउँदै आफुहरु भगौडा नभएको स्पष्ट पारे । उनले पार्टीमा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कुनै छलफल नुहँदै ओलीले पदबाट हटाउँछन् कि भन्ने आशंकाका भरमा प्रतिनिधि सभा विघटन गरेको बताए ।

तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्र बीचको एकतालाई ओलीले पद प्राप्त गर्ने साधन मात्र बनाएको उल्लेख गर्दै श्रेष्ठले सो एकता देशलाई अग्रगमनमा लैजान, समाजवादी क्रान्तिका कार्यभार पूरा गर्न गरिएको दाबी गरे ।

प्रवक्ता श्रेष्ठले पार्टी विभाजन भएसँगै प्रधानमन्त्री ओली पक्षले देशभर प्रधानमन्त्री आोलीले निर्वाचन आयोग र सर्वोच्च अदालतमा सेटिङ मिलाएको र प्रतिनिधि सभा पुनःस्थापना पनि नहुने, सूर्य चिन्ह र आधिकारि पार्टी आफ्नो हुने हल्ला चलाइरहेको बताउँदै यस्तो हल्लाका बिषयमा आयोग र सर्वोच्चको ध्यान जानुपर्ने बताए ।

कार्यकर्ता भेला जारी छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : ०२ बजे

बाढीपहिरोले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका

खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो

काठमाडौं । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवन । चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र छ

नेपाल-चीन सम्बन्ध सात दशकमा बृहत् साझेदारीमा विस्तार

काठमाडौं । परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ