१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै, बुधबार थपिए ३३९ नयाँ संक्रमित



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्न थालेको छ । छिमेकी भारतमा संक्रमितहरु तिब्र गतिमा बढेसँगै नेपालमा पनि संक्रमितहरु बढ्न थालेका हुन् । बुधबार ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।

चार हजार एक सय पीसीआर परीक्षण र एक हजार ४० एन्टिजेन परीक्षण गर्दा ती संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना ब्रिफिङ कार्यक्रममार्फत जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षणको क्रममा २ सय ९८ जनामा संक्रमण पुष्टि भएको थियो । यस्तै एन्टिजेन विधिबाट ४१ जनामा संक्रमित पुष्टि भएको थियो ।

गौतमले काठमाडौं उपत्यकामा मात्रै गएको २४ घण्टामा १६३ जनामा संक्रमण पुष्टि भएको बताए । जसमध्ये काठमाडौंमा १३२ जना, ललितपुरमा २६ जना र भक्तपुरमा ५ जना रहेका छन् ।

यससँगै बुधरबारसम्म देशभर सक्रिय संक्रमितको संख्या दुई हजार २०१ पुगेको छ। प्रवक्ता गौतमका अनुसार देशभर ६५ जना आईसीयू र १३ जना भेन्टिलेटरमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा ७४ जना संक्रमित निको भएर घर फर्किएका छन्।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ४ : ५५ बजे

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लोपटक कान्तिपुर सेभिङ र

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा