२ पुस २०८२, बुधबार | December 17, 2025

कोरोना संक्रमणबाट पर्सा, मोरङ र बाँकेमा ३ जनाको मृत्यु



काठमाडौं । पर्सा, बाँके र मोरङ गरि ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। पर्साको वीरगञ्ज्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीया महिला चैत २९ गते अस्पताल भर्ना भएकी थिइन । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती उपचाररत महिलाको आज विहान ८ः १६ मा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

यस्तै मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-४ बरगाछीकी ४६ वर्षीया महिलाको आज विहान साढे ४ बजेतिर मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमणबाट बाँकेका ४२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो ।

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १० : ४४ बजे

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ