२९ मंसिर २०८२, सोमबार | December 16, 2025

कोरोना महामारी : सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक



नेपालगन्ज । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ ।

छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए। उनले सीमा क्षेत्रमा आवतजावत तथा आवश्यक सतर्कता नअपनाइएको गुनासो आएपछि आज आफैँ सीमा क्षेत्रमा पुगेर स्वास्थ्य मापदण्डका सबै प्रक्रिया पूरा गराउन सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको बताए ।

प्रहरी उपरीक्षक रानाका अनुसार, सीमानाकामा कडाइसँगै नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न प्रहरीले सक्रियता देखाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले अत्यावश्यकबाहेक आवतजावतमा रोक लगाएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकामा आइसोलेशन सेन्टर सञ्चालन गराउने, शिक्षण अस्पताल कोहलपुरमा कोभिड वडा सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारवाही गर्ने निर्णय गरेको जानकारी दिए ।

कोरोना सङ्क्रमण बढेपछि नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोभिड वडा सङ्क्रमितले भरिएको छ । प्रमुख जिल्ला अधिकारी गेलालले बाहिरी जिल्लाबाट आउने कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि सङ्घ र प्रदेश सरकारसँग सहयोग मागिएको बताए ।

छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले त्यसको प्रत्यक्ष असर बाँकेमा परेको छ । कोरोना सङ्क्रमण दर अस्वभाविकरुपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्ताका कारण विगतमा जस्तै फेरि बाँके कोरोना सङ्क्रमणको केन्द्रबिन्दु बन्न पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : १६ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको