२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

२४ घण्टामा ८४३ जनामा कोरोना संक्रमण, पाँचको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपरान्ह अपडेट गरेको तथ्यंक अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ३३३ पीसीआर परीक्षण गर्दा ७६८ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी ६७१ जनामा भएको एन्टिजेन परीक्षणमा थप ७५ जनालाई संक्रमण पुष्टि भएको छ ।

यस्तै २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ भने २२६ जना संक्रमित निको भएको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ पुगेको छ । निको हुनेको संख्या २ लाख ७५ हजार ३८ पुगेको छ ।

कोरोनाबाट हालसम्म ३ हजार ७५ जनाले ज्यान गुमाएका छन् । आजसम्म ५ हजार ५४५ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै ७४ जना क्वारेन्टाइनमा रहेका छन् ।

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : १६ बजे

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा