११ पुस २०८२, शुक्रबार | December 26, 2025

रुपन्देहीमा थपिए ५५६ नयाँ कोरोना संक्रमित, २४ घण्टाकाबीचमा १४ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा यसै अवधिमा १४ जनाको मृत्यु भएको छ भने ४५२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरमा १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरि सिद्धार्थ नगरमा १२० जना, तिलोत्तमामा ९९ जना, सियारीमा ४२ जना, ओमसतियामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै देवदहमा १९ जना, सैनामैनामा १६ जना, मायादेबीमा १५ जना, कञ्चनमा १० जना, रोहिणीमा ९ जना, सुद्धोधनमा ६ जना, लुम्बिनी साँस्कृतिक नगरमा ५ जना, कोटहीमाई र गैडहवामा ४।४ जना तथा मर्चवारीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा अहिले सम्ममा मृत्यु हुनेको संख्या २९३ पुगेको छ । जिल्लामा होम आइसोलेशनमा ६१५० जना रहेका छन् भने ३८० जना लक्षण सहितका कोरोना संक्रमितको उपचार चलिरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ६ : ३७ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको