१७ श्रावण २०८३, आइतबार | August 2, 2026

बाँकेमा घट्यो कोरोना ग्राफ, १००१ नमुना परीक्षण गर्दा ५६३ मा संक्रमण, १६ जनाको मृत्यु



नेपालगन्ज । तुलनात्मकरुपमा आज बाँकेमा कोरोना संक्रमणको अनुपात घटेको छ । पछिल्लो २४ घण्टामा १००१ नमुना परीक्षण गर्दा ५६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बाँकेमा मृतकको संख्या भने बढेको छ । २४ घण्टाकैबीचमा जिल्लामा १६ जनाले ज्यान गुमाएका छन् । जसमध्य १० जना जिल्ला भित्रका छन् भने ६ जना जिल्ला बाहिरका हुन् ।

डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालको पीसीआर प्रयोगशालामा ४६४ नमुना परीक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नेपालगन्ज मेडिकल कलेजको ल्यावमा २६६ नमुना परीक्षण गर्दा १६५ जनामा र बागेश्वरी डाइग्नोशिस केन्द्रमा २७१ नमुना परीक्षण गर्दा १६२ जनामा संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएका संक्रमित मध्य बाँके जिल्ला भित्रका ३९८ जना हुन् भने बाँकी अन्य जिल्ला बाहिरका रहेका छन् ।

आज मृतक थपिएसँगै बाँकेका २०८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने बाँकेमा उपचार गर्न आएका १५८ जनाको मृत्यु भएको छ । जिल्लामा आज ५९९ जना कोरोना मुक्त भएका छन् ।

 

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  ९ : २६ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो