५ पुस २०८२, शनिबार | December 20, 2025

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप कडा, अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द



काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सबै कार्यालयहरु बन्द हुनेभएका छन् ।

आजबाट जेठ १३ गतेसम्म थपिएको निषेधाज्ञामा अत्यावश्यक बाहेकका सबै कार्यालयहरु बन्द गर्ने निर्णय भएको हो ।

कोरोना भाइरसको संक्रमणको जोखिम झन बढ्दो क्रममा रहेका कारण निषेधाज्ञालाई कडा बनाउँदै थप गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् । अत्यावश्यक सेवाका कार्यालयहरुले समेत न्यूनतम जनशक्तिमा सेवा प्रवाह गर्नेछन् ।

बुधबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरेको थियो । अन्यावश्यक दैनिक उपभोग्य खाद्यवस्तुको खरिदका लागि पसलहरु बिहान १० बजेसम्म खुला हुनेछन् । यस्तै, सबैप्रकारको भीडभाड हुने गतिविधिमा रोक लगाइएको छ ।

आम सर्वसाधारणलाई खाद्यवस्तु र औषधी खरिदमा बाहेक अन्य प्रयोजनका लागि घरबाहिर हिँडडुल गर्न रोक लगाइएको छ । अत्यावश्यक सेवाका सवारी साधनहरु बाहेक अन्य सवारी साधनहरु जेठ १३ राति १२ बजेसम्म संचालनमा आउन पाउनेछैनन् । ढुवानी, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।

उपत्यकामा बैशाख १६ गतेदेखि बिहानदेखि निषेधाज्ञा सुरुभएको थियो । २२ गतेसम्मका लागि लगाइएको निषेधाज्ञालाई पछि २९ गतेसम्म लम्ब्याइएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहिबार  ८ : २१ बजे

आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने

काठमाडौँ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा