१७ श्रावण २०८३, आइतबार | August 2, 2026

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी भएसँगै सीसीएमसी खारेज



काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भएसँगै सर्वाधिक आलोचना खेप्दै आएको उप प्रधानमन्त्री इश्वर पोखरेल संयोजक रहेको केन्द्रीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र ( सीसीएमसी ) खारेज भएको छ । अध्यादेश अनुसार प्रधानमन्त्रीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन हुने ब्यवस्था गरिएपछि सीसीएमसी स्वत खारेज भएको हो ।

सरकारले बिहीबार जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेसँगै कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि नयाँ ब्यवस्था लागु भएको छ ।

अब कोरोना रोकथाम र नियन्त्रणको लागि सम्पूर्ण काम अध्यादेशअनुसार प्रधानमन्त्रीको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले गर्नेछ । सरकारले कोभिड–१९ लाई नियन्त्रण गर्न सबैभन्दा पहिले २०७६ सालको अन्त्यमा उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेपनि गठन भएदेखिनै उक्त समिति ओम्नी काण्ड, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार काण्ड लगायतको विवादमा आएपछि पोखरेलकै नेतृत्वमा अन्य नौ मन्त्रीहरु सहितको सीसीएमसी निर्देशक समिति गठन गरिएको थियो ।

उक्त निर्देशक समितिले पनि काम गर्न नसकेको भन्दै सर्वाधिक आलोचनाको केन्द्रमा परेको थियो । नेपाली कांग्रेसले सीसीएमसी विघटनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो भने अन्य दलहरु पनि सीसीएमसीको कार्यशैलीबाट सन्तुस्ट थिएनन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १० : १२ बजे

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

काठमाडौं । नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी,

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी