१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

बाँकेमा कोरोना संक्रमित घट्ने क्रम जारी, कुल नमुना परीक्षणको ३३ प्रतिशतमा मात्र संक्रमण पुष्टि, मृत्युको संख्या शुन्य



नेपालगन्ज ।  कुनैबेला कुल नमुनामा ८५ प्रतिशत सम्म कोरोना संक्रमण पुष्टि हुने गरेको बाँकेमा अहिले संक्रमणको अनुपात घटेर ३३ प्रतिशतमा सिमित भएको छ । आज बाँकेमा ३ वटा प्रयोगशालामा भएको नमुनामा ३३ दशमलव ८२ प्रतिशतमा मात्र संक्रमण पुष्टि भएको हो । बाँकेका ३ वटा ल्यावमा ६२१ नमुना परीक्षण गरिएकोमा २१० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

डीसीएमसी बाँकेका अनुसार भेरी अस्पताल पीसीआर ल्यावमा ४०४ नमुना परीक्षण भएकोमा १४७ जनामा, नेपालगन्ज मेडिकल कलेज ल्यावमा १३८ नमुना परीक्षण गरिएको ३५ जना र बागेश्वरी पीसीआर ल्यावमा ७९ नमुना परीक्षण गरिएकोमा २८ जनामा मात्र संक्रमण पुष्टि भएको छ । कुल २१० संक्रमित मध्य बाँके जिल्लाका ५९ जनामा संक्रमिण देखिएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले बताए ।

पछिल्लो २४ घण्टामा बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ५ जनाको मृत्यु भएको छ भने जिल्ला भित्रका १०४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । बाँकेमा आज सम्म १०८२ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित थपिने क्रम घटेसँगै अस्पताल आउने संक्रमितको संख्या पनि घटेको छ । दोस्रो कोरोना कहर सुरु भएदेखि पहिलो पटक भेरी अस्पतालको इमर्जेन्सी विधाग आज केहिबेर रित्तो भएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७८, शनिबार  ५ : २४ बजे

दानव नदीमा अवैध उत्खनन् गर्ने सवारीसाधन नियन्त्रणमा

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध माटो उत्खनन तथा

प्रधानाध्यापकले छात्रवृत्ति रकम हिनामिना गरेपछि….

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ राँकास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक

पाँच महिनाअगावै निर्माण सम्पन्न भयो झोलुङ्गे पुल

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : स्वास्थ्य बीमा बोर्ड

काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा