१६ श्रावण २०८३, शनिबार | August 1, 2026

काठमाडौं उपत्यकाको निषेधाज्ञा खुकुलो बनाईंदै, खाद्य पसल खुलाउने तयारी



काठमाडौं । काठमाडौं उपत्यकामा लगाईंदै आएको निषेधाज्ञा केही खुकुलो बनाइन लागेको छ ।

कोरोना भाइरसको संक्रमण भयावह भएको भन्दै यही जेठ १४ गतेदेखि २० गतेसम्मका लागि कडा बनाइएको निषेधाज्ञालाई फेरि खुकुलो बनाउन लागिएको हो । तर निषेधाज्ञा भने थप एकसाता थपिनेछ ।

पछिल्लो केहीदिन यता उपत्यकामा संक्रमितको संख्या घटेका कारण निषेधाज्ञालाई खुकुलो बनाउने विषयमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्न लागेका हुन् । अब, फेरि बिहानमा खाद्य किराना पसलहरु र डिपार्टमेन्टल स्टोरको ग्रोसरी मात्र खोल्न दिने तयारी गरिएको छ । यस्ता पसलहरु बिहानको एक समय खुल्नका लागि छुट दिइने भएको छ ।

यस्तै निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधानहरुलाई रातिदेखि बिहान ५ बजेसम्म र भन्सार विन्दुबाट छुटेका सवारी साधानलाई निश्चित गन्तव्यमा पुग्न दिने तयारी गरिएको छ ।

यसबारे निर्णय गर्न उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको आजै मंगलबार छलफल हुँदैछ । काठमाडौं उपत्यकामा कोरोना महामारीको दोस्रो लहर तीब्र बनेपछि गत वैशाख १६ गते बिहानदेखि लगातार निषेधाज्ञा लाग्दै आएको छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  १२ : ५२ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई