१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बाँकेमा घट्दो क्रममा कोरोना माहामारी, आज बाँकेमा २५ जनामा संक्रमण सिमित



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणको दर घट्ने क्रम आजपनि जारी रहेको छ । बाँकेका ३ वटा प्रयोगशालामा भएको ३१० नमुना परीक्षणमा ९३ जनामा मात्र संक्रमण पुष्टि भएसँगै बाँकेमा संक्रमणको दर घटेको पाईएको हो । ९३ जना मध्य बाँकेका २५ जना र बाँकी अन्य जिल्लाका रहेका छन् ।

डीसीएमसी बाँकेका अनुसार भेरी अस्पतालमा परीक्षण भएको २१० नमुनामा ६६ जनामामात्र कोरोना संक्रमण पुष्टि भएको छ भने बागेश्वरी पीसीआर ल्यावमा १०० नमुना परीक्षण गर्दा २७ जनामा मात्र संक्रमण देखिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा २ जना जिल्ला भित्रका र ५ जना उपचारका लागि बाहिरी जिल्लाबाट आएका कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा बाँकेमा ९४ जना कोरोना मुक्त भएका छन् ।

बाँकेमा आजसम्ममा ६८८ जनामात्र सक्रिय संक्रमित रहेका छन् । निको हुनेको संख्या थपिने र नयाँ संक्रमितको संख्या घट्ने क्रम बढेका कारण अस्पतालका बेडहरु पनि खालि हुँदै गएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेशबाबु श्रेष्ठले बताए ।

जिल्लाका विभिन्न चारवटा अस्पतालमा अझै २६१ जना कोरोना संक्रमित बिरामीहरुको उपचार भइरहेको डीसीएमसी बाँकेले जनाएको छ । २६१ बिरामी मध्ये ११५ जना सिकिस्त रहेको समितिले उल्लेख गरेको छ ।

डीसीएमसी बाँकेका अनुसार आज दिउँसो ४ः४० बजे सम्ममा भेरी अस्पताल नेपालगन्जमा ३८ जना सिकिस्त रहेका छन भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ७३ जना, वेस्टर्न अस्पताल नेपालगन्जमा ४ जना सिकिस्त संक्रमतिको उपचार भईरहेको छ ।

२६१ जना बिरामीमध्ये, १०६ जना बाँके जिल्लाका हुन भने, १५५ जना बाहिरी जिल्लाका बिरामी भएको समितिले बताएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलबार  ६ : ४३ बजे

कुबेत आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको पार्थिव शरीर स्वदेश ल्याइँदै

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुबेतमा भएको आक्रमणमा परी निधन भएका

सामाजिक सद्भाव जोगाउन नागरिक अगुवाहरूको अपिल

काठमाडौं । नागरिक अगुवाहरूले देशका विभिन्न भागमा फैलिएको साम्प्रदायिक तनाव

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई