२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

काठमाडौंको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बियो; खाद्यान्न, पुस्तक पसल आंशिक खुला



काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपिएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बुधबार बसेको बैठकले निषेधाज्ञा थप एकसाता लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले हाल जारी निषेधाज्ञामा केही छुट दिने निर्णय गरेको छ ।

त्यसबीचमा किराना पसल, डिपार्टमेन्टरस्टोरका खाद्यान्न युनिट र पुस्तक तथा स्टेशनरी पसल निश्चित समय खोल्न दिने निर्णय भएको छ । जेठ १४ गतेदेखि जारी हालको निषेधाज्ञामा तरकारी, फलफूल, दुध र मासु पसलमात्र बिहान ९ बजेसम्म खोल्न दिएको छ । बाँकी सबै पसलहरु बन्द गरिएको छ ।

यसैगरी विकास निर्माणको कामका लागि रातिमा मात्रै निर्माण सामग्री ओसार्न दिइने भएको छ भने दिउँसो मजुदरले काम गर्न पाउनेछन् ।

यातायात संचालनको अन्य नियम भने यथावत राखिएको छ ।

हाल जारी निषेधाज्ञा बिहीबार रातिदेखि सकिँदैछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  २ : ५२ बजे

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा