२२ बैशाख २०८१, शनिबार | May 4, 2024

बाँकेमा उपचाररत ४ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु



नेपालगन्ज । बाँकेको २ वटा अस्पतालमा उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जना र भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जना संक्रमितको फरक फरक समयमा मृत्यु भएको हो ।

डीसीएमसी बाँकेका अनुसार जेठ ६ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका स्वर्गद्वारी प्युठानमा ६० वर्षिय पुरुषको आईतबार राती ८ः४५ मा मृत्यु भएको छ भने जेठ २१ गते भर्ना भएका शारदा १३ सल्यानका ५५ वर्षिय पुरुषको आज बिहान ७ बजे मृत्यु भएको छ । त्यसैगरि जेठ १९ गते भेरी अस्पतालमा भर्ना भएका बंगलाचुली ३ दाङका ५२ वर्षिय पुरुषको आईतबार राती ७ः५० बजे मृत्यु भएको थियो भने हिजै भेरी अस्पताल भर्ना भएका मुसिकोट ७ रुकुम पश्चिमका ६३ वर्षिय पुरुषको पनि आईतबार राती ८ः३० बजे मृत्यु भएको छ ।

यो मृत्युसँगै बाँकेमा उपचाररत जिल्ला बाहिरका ३१७ जना र जिल्ला भित्रका ३०२ जनाको उपचारका क्रममा मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ८ : ५६ बजे

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

तिलोत्तमामा १ महिने क्रिकेट प्रशिक्षण प्रवर्द्धन सम्बन्धि नि:शुल्क तालिम शुरू

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मा एकमहिने

नेपाललाई पहिलो झड्का, १३ रन बनाएर आउट भए भुर्तेल

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२०