२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोरोना संक्रमण दर घटेकै हो त ?



काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म ९८ हजार ४ सय ५१ जनाको पीसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २३ हजार ६ सय १५ जनामा संक्रमण देखिएको छ ।

सोहीअवधिमा ३ सय ७९ संक्रमितको मृत्यु भएको छ । हाल देशका ४३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । मूलतः काठमाडौं, ललितपुर, भक्तपुर, दाङ, धनुषा, चितवन, सुर्खेतमा संक्रमण दर तुलनात्मक रूपमा धेरै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यद्यपि, ती जिल्लामा पनि संक्रमितको संख्या क्रमिक रूपमा घट्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत बिहीबार १५ हजार २ सय ३८ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ७ सय ४९, शुक्रबार १५ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा ५ हजार ५ सय ८४ जनामा संक्रमण देखिएको थियो ।

यस्तै गत शनिबार १४ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा ३ हजार ३ सय ८४ जनामा संक्रमण देखिएको छ । गत आइतबार १२ हजार ४ सय ६ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ७, सोमबार १४ हजार ८ सय १९ जनाको कोरोना परिक्षण गर्दा २ हजार ९ सय १८ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार १३ हजार २ सय ९० जनाको कोरोना परीक्षण गर्दा २ हजार ७ सय ४५ जनामा संक्रमण देखिएको थियो । यस्तै, देशभर बुधबार २ हजार ८ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा पीसीआर र एन्टिजेन गरी १३ हजार २२ जनामा कोरोना परीक्षण गरिएको थियो ।

बुधबार देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ८ हजार ५ सय ५८ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले कोरोना परीक्षण गराउन आउनेको संख्यामा कमी आएको बताए । डा.पौडेलले भने, ‘संक्रमण रोकथामका लागि भौतिक दूरी कायम, मास्कको समुचित प्रयोग, व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।

हेलचेक्र्याइ गर्नु हुँदैन । ‘डा.पौडेलले कोरोना परीक्षण गर्नेहरूको संख्यामा कमी आएको बताए । संक्रमितको संख्याकम देखिए पनि जोखिम भने कायम नै रहेको जनस्वास्थ्य विज्ञ बताउँछन् । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८२ जना संक्रमित निको भएका छन् ।

नेपालमा संक्रमित निको हुने दर ८८.५ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ४३ हजार ५ सय २१ जना संक्रमित निको भइसकेका छन् । हाल देशभरका अस्पतालमा ९ सय २ जना आईसीयू र २ सय ७९ जना भेन्टिलेटरमा उपचाररत छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहिबार  ६ : ३७ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न