१८ माघ २०८२, आइतबार | February 1, 2026

सङ्गीतले बढाउँछ संक्रमितमा मनोबल



काठमाडौं । कोरोना (कोभिड-१९) सङ्क्रमितको मनोबल बढाउन स्वास्थ्यकर्मीले सङ्गीत चिकित्सा विधि अपनाउने गरेका छन् ।

कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तालिम केन्द्रको आइसोलेसन सेन्टरमा दैनिक दुई पटक नाचगान गरी रमाइलो गरिँदै आएको छ । एचडीयू (हाई डिपेन्डेन्सी युनिट)मा रहेकादेखि सामान्य अवस्थाका सङ्क्रमितका लागि सङ्गीत चिकित्सा गर्ने गरेको चिकित्सक अनिश धामीले जानकारी दिए ।

उनले सङ्क्रमित मानसिक रूपमा कमजोर हुने भएकाले उनीहरूको मनोबल बढाउन म्युजिक थेरापीले सहयोग गर्ने बताए । केन्द्रमा कोरोना उपचारमा संलग्न नर्स दुर्गा सिलवालले हरेक बिरामीलाई सङ्गीत थेरापीले राम्रो प्रभाव पारेको बताए । “कति बिरामी कोभिड भयो भनेर आत्तिने हुन्छन्, हामीले यो रोगसँग लड्ने हो, डराउने होइन । मनोरञ्जन गर्नुपर्छ । यसले आत्मबल बढाउनुको साथै मानसिक समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ”, उनले भने ।

केन्द्रमा अहिले सङ्क्रमित सङ्गीत थेरापीमा अभ्यस्त र आकर्षित भएका छन् । नर्स सिलवालले भने, “म्युजिक छैन भनेर बिरामीले नै सोध्छन् । नाच्न नसक्नेहरू म्युजिक सुनेर पनि आनन्द लिने गर्छन् । नाचेपछि व्यायाम पनि हुन्छ भनेर नचाउँछौँ ।”

विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा ९म्युजिक थेरापी० पनि एक राम्रो माध्यम हो । यसले हाम्रो स्वास्थ्यमा मात्र नभई जीवनशैलीलाई नै आनन्ददायी र सुखमय बनाएर जीवनलाई सरल र स्वस्थ बनाउने केन्द्रका निर्देशक रामआधार यादवले बताए । उनले भने, ‘‘गन्धर्व वेदअनुसार सङ्गीतमा सात स्वर हुन्छन् । यिनै सात स्वरको सम्मिश्रणबाट सबै प्रकारका रागको निर्माण हुन्छ । यसबाट शरीर र मन स्वस्थ रहन्छ ।”

सङ्गीत चिकित्सामा शारीरिक तथा मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पार्ने शक्ति भएका कारण रोगीको रुचिअनुसारको सङ्गीत सुनाएर शारीरिक तथा मानसिक समस्या समाधान गर्न सकिने डा। यादवले बताए । आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  ७ : ३४ बजे

पाल्पाका अधुरा विकास आयोजना पूरा गर्न निर्वाचनमा होमिएको हुँ : नेकपा उम्मेदवार सोमप्रसाद पाण्डे

बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का पाल्पा क्षेत्र नम्बर-२

आठौँ शताब्दी पुरानो एकमहिने मेला त्रिवेणीधाममा सम्पन्न

भक्तपुर । हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि एकमहिने कठिन माधवनारायण मेला एवं

बालेनको चुनावी प्रचारका क्रममा अछाममा बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

ल्याण्डमार्क स्पेल-बी च्याम्पियनसिपको उपाधि कान्ति माविलाई

बुटवल । ल्याण्डमार्क एजुकेशन कन्सलटेन्सीले आफ्नो २६ औँ स्थापना दिवसको

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए