२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोरोना संक्रमण तेस्रो लहर : कस्तो छ सरकारी तयारी ?



काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले सुझाएका छन् । केही दिनयता संक्रमितको संख्या ओरालो लाग्दो क्रममा रहेको छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमितको संख्या घटे पनि जोखिम कायम नै रहेको बताए । डा. पुनले भाइरस म्युटेसन भएर नयाँ भेरियन्ट बन्ने र अघिल्लो भेरियन्टभन्दा शक्तिशाली हुन सक्ने सम्भावना भएकाले सचेत र सजग रहनुपर्ने बताए ।

डा. पुनले भने, ‘भाइरसको स्वरूपमा परिवर्तन आउन सक्छ । यसबाट बच्ने अचुक उपाय भनेको कोरोनाविरुद्धको खोप लगाउने र जनस्वास्थ्यका मापदण्ड पूर्णतः पालना नै हो । ‘उनले बालबालिकाले लगाउने खोप परीक्षणकै क्रममा रहेकाले बालबालिका जोखिममा पर्न सक्ने बताए ।

डा. पुनले युवा र ज्येष्ठ नागरिकले खोप नपाए उनीहरू पनि जोखिममा पर्न सक्ने बताए । अझै अनुमानित १ करोड ९३ लाख खोप लगाउन योग्य नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अनुमानित ७ लाख नागरिकले मात्रै खोपको पूर्ण मात्रा लगाएका छन् ।

कोरोनाको पहिलो लहरमा ज्वरो आउने, थकाइ महसुस हुने, गन्ध वा स्वाद थाहा नपाउने, झाडापखालालगायत लक्षण देखिएको थियो । यद्यपि, पहिलो लहरमा अस्पतालमा संक्रमित भर्नादर निकै न्यून थियो । कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आए पनि अधिकांशमा लक्षण नै देखिएको थिएन ।

तर, दोस्रो लहरमा अक्सिजनको आवश्यकता पर्नेगरी सक्रमितलाई समस्या आएको छ । यस्तै, भेन्टिलेटर र आईसीयू भरिभराउ भएका थिए । केही दिनयता संक्रमणदर कम देखिएको छ । गम्भीर संक्रमित घटेको स्वास्थ्य मन्त्रालयले बताएको छ । यो लहरमा वर्तमान स्वास्थ्य प्रणालीलाई नै थेग्न हम्मेहम्मे परेको जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।

यस्तै, दोस्रो लहरमा मुख्यतः २० देखि ४५ वर्ष उमेर समूह बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ । संक्रमण रोकथाममा सरकारले बन्दाबन्दीलाई उपयोगमा ल्याएको छ । तर, अब पुनः तेस्रो लहर आउन सक्ने जोखिम रहेको स्वास्थ्य मन्त्रालयका अधिकारी नै बताउँछन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्णचन्द्र पौडेलले संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै त्यसका लागि मन्त्रालयले तयारी थालेको बताए । उनले भने, ‘नेपालमा प्रवेश गर्ने बिन्दुहरूमा १०÷१० जनाका दरले कर्मचारी खटाइएको छ । यस्तै, प्रवेश बिन्दुसँग जोडिएका स्थानमा १ हजार क्षमताको होल्डिङ सेन्टर व्यवस्थापनको क्रममा रहेका छौं।’ डा. पौडेलले क्रिटिकल केयर युनिटमा जनशक्ति व्यवस्थापन गरिने बताए ।

स्वास्थ्य मन्त्रालयले अबको जोखिममा बालबालिका पर्न सक्ने भन्दै अस्पताललाई कुल शय्यामध्ये २० प्रतिशत बालबालिकालाई छुट्याउन पत्राचार गरिसकेको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले अबको जोखिम बालबालिका रहेको भन्दै उनीहरूको सुरक्षाका लागि अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताए । बालबालिकाका लागि खोप ट्रायलमा रहे पनि हालसम्म अनुसन्धानमै रहेको छ । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : ८ असार २०७८, मंगलबार  ६ : ४० बजे

मधेस प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर

काठमाडौं । मधेस प्रदेश सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले