१५ माघ २०८२, बिहिबार | January 29, 2026

प्रधानमन्त्रीबाट राष्ट्रिय स्वाधीनतामा गम्भीर घात भयो : नारायणकाजी श्रेष्ठ



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीबाट राष्ट्रिय स्वाधीनतामा गम्भीर घात भएको आरोप लगाएका छन् ।

सोमबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै नेता श्रेष्ठले विदेशी हस्तक्षेपलाई आमन्त्रण गरेर प्रधानमन्त्रीले राष्ट्रिय स्वाधीनतामा घात गरेको आरोप लगाएका हुन् ।

श्रेष्ठले भने, ‘…विदेशी हस्ताक्षेप स्वीकार गर्ने मात्र होइन, आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्‍याउनु भएको छ । यो क्षम्य छैन ।’ एकपछि अर्को गरेर आन्तरिक मामिलामा हस्तक्षेप हुँदा प्रधानमन्त्रीले प्रतिवाद नगरेको श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्री ले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको बताए । राष्ट्रियताका विषयमा ओलीको चर्चा धोका मात्र भएको उनले जिकिर गरे । उनले थपे, ‘अहिले उहाँ आत्मसमर्पणवाद र लम्पसारवादमा पुगिसक्नु भएको छ भन्ने प्रष्ट भयो ।’

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  २ : २४ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको