२३ भदौ २०८३, मंगलबार | September 8, 2026

कोरोना संक्रमणदर स्थिर



काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या घटेपनि संक्रमणदर स्थिर रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातालाई आधार मान्दा दैनिक २ हजार ३ सय ३५ जना संक्रमित थपिने गरेका छन् ।

प्रत्येक पाँच जनामा कोरोना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर संक्रमण पत्ता लाग्नेदर २२ दशमलव ३ प्रतिशत रहेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १ सय ७३ जना रहेको छ । जसमध्ये २३ हजार ४ सय ७१ जना संक्रमित होम आइसोलेसन र २ हजार ७ सय २ संस्थागत आइसोलेसनमा रहेका छन् ।

संस्थागत आइसोलसनमध्ये ५ सय ५३ जना आईसीयूमा र १ सय ७५ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर ३ सय ४ जना क्वारेन्टाइनमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार आइतबारसम्म ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्ला नौवटा छन् । जसअन्तर्गत प्रदेश १ कोे मोरङ, सुनसरी र झापा, बाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र चितवन, गण्डकी प्रदेशको कास्की रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना महामारी अझै समाप्त नभएको भन्दै हेलचेक्र्याइँ नगर्न आग्रह गरेको छ । अधिकांश जिल्लामा १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

विगत १४ दिनमा कास्की, स्याङजा काठमाडौं, चितवन, कास्की, प्युठान, डोल्पा, कञ्चनपुर, बझाङ, बाजुरा, मुगुमा संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितको संख्या घटे पनि जोखिम अझै कायम रहेको भन्दै हेलचेक्र्याइँ नगर्न र जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन गर्न सरकारले आग्रह गर्दै आएको छ । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ७ : २८ बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का