२ पुस २०८२, बुधबार | December 17, 2025

रुपन्देहीमा कोरोनाले हरेक दिन रेकर्ड ब्रेक गर्दै, साउन लागेयता आज सबै भन्दा बढी ५६ जना संक्रमित थपिए



बुटवल । रुपन्देहीमा कोरोना संक्रमित थपिने क्रमले हरेक दिन रेकर्ड ब्रेक गर्न थालेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा साउन लागे यताको सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । मंगलबार रेकर्ड ब्रेक गर्दै ५४ जना थपिएकोमा आज ५६ थपिएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २३५ नमुनाको पीसीआर परीक्षण गर्दा ५६ जनामा संक्रमण पुष्टि भएको हो । जिल्लामा ५६ संक्रमित थपिँदा बुटवल उपमहानगरमा मात्र २२ जना संक्रमित थपिएका छन् । सिद्धार्थनगर नगरपालिकामा ११ जना, सैनामैनामा ५ जना, तिलोत्तमा, देवदह, कञ्चन र लुम्बिनी सांस्कृतिक नगरमा ४/४ जना तथा रोहिणी र ओमसतियाका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

आज थपिएसँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ९ : ५४ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको