२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

२४ घण्टामा १७५६ जना नयाँ संक्रमित थपिए, २२७४ संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३३४ जनामा गरिएको परीक्षणमा १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ ।

आज सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ । कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलव ३ प्रतिशत रहेको छ ।

पीसीआर विधिबाट गरिएको परीक्षण अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख ६७ हजार २७१ पुगेको छ । यस्तै एन्टिजेन विधिबाट ८४ हजार ६९३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी मध्ये ७ लाख २३ हजार ४५६ जना कोरोना संक्रमित निको भैसकेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ४ : १८ बजे

‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल