६ पुस २०८२, आइतबार | December 21, 2025

२४ घण्टामा १७५६ जना नयाँ संक्रमित थपिए, २२७४ संक्रमणमुक्त



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३३४ जनामा गरिएको परीक्षणमा १ हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२७४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ ।

आज सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ । कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलव ३ प्रतिशत रहेको छ ।

पीसीआर विधिबाट गरिएको परीक्षण अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ७ लाख ६७ हजार २७१ पुगेको छ । यस्तै एन्टिजेन विधिबाट ८४ हजार ६९३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यी मध्ये ७ लाख २३ हजार ४५६ जना कोरोना संक्रमित निको भैसकेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ४ : १८ बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा