२० मंसिर २०८२, शनिबार | December 6, 2025

मोतिपुर घटनामा मृत्यु भएका मृतक परिवारलाई संघीय सरकारबाट ५ लाख ५० हजार राहत दिने घाेषणा



काठमाडौं । सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनामा मृत्यु भएका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार र्बठकले पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको हो । २४ असोजमा औद्योगिक क्षेत्रका लागि अधिकरण गरिएको जग्गा कब्जा गर्ने समुह र प्रहरीबीच भएको झडपमा ४ जनाको ज्यान गएको थियो ।

सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । झडपमा सशस्त्र प्रहरी र नेपाल प्रहरी तर्फ पनि १२ जना भन्दा बढी गम्भिर घाईते भएका थिए ।

यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ५९ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय