११ पुस २०८२, शुक्रबार | December 26, 2025

२४ घण्टामा ४४० कोरोना संक्रमित थपिए, ४७४ संक्रमणमुक्त, ६ जनाको मृत्यु



काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४४० जना संक्रमित थपिएका छन् ।

६ हजार ८१४ जनामा गरिएको परीक्षण मध्ये पीसीआर विधिमार्फत ३८७ जनामा संक्रमण देखिएको छ । यस्तै एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ४७४ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा कोरोनाबाट ६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । आज देशभर ७ हजार ५१९ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ८ लाख १५ हजार ७५९ जनामा संक्रमण भएको छ । यस्तै एन्टिजेन विधिबाट भएको परीक्षणमार्फत थपिने संक्रमितको संख्या ९४ हजार ९७९ जना पुगेको छ ।

हालसम्म ७ लाख ९६ हजार ७८० निको भएका छन् । ११ हजार ४६० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ३ : ५४ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको