२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

ब्यापार मेलामा एकै दिन ५० हजार बढी दर्शक, स्टल होल्डरहरु मख्ख (फोटो फिचर)



बुटवल । बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला अवलोकन गर्ने दर्शकको चाप बढेको छ । मेला सञ्चालन भएको तेस्रो शनिबार सार्वजनिक विदा र क्रिसमस डे समेत परेकाले ५० हजार बढी दर्शकको उत्साहजनक उपस्थिति भएको आयोजकले जनाएका छ ।

मेला आयोजक उद्योग ब्यापार संघ बुटवलका महासचिव पदम जीसीले शनिबार मात्रै ५० हजार भन्दा बढी दर्शकले मेला अवलोकन गरेका बताए ।

मेलामा दर्शकको चाप बढेपछि टिकट व्यवस्थापन गर्न आयोजकलाई हम्मे हम्मे परेको थियो ।

आगामी दिनमा सार्वजनिक विदाका दिनमा टिकट काउन्टर बढाउने र ठाउं ठाउंमा टिकट विक्रिको व्यवस्था गरेर भीड कम गरिने संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए ।

दर्शकको उत्साहजनक उपस्थितिले आयोजक उत्साहित भएका छन् । शनिबार मेलाका दर्शकलाई चर्चित लोक दोहोरी कलाकार खुमन अधिकारी, सम्झना भण्डारी, मोडल अभिषेक खड्का लगायतका कलाकारले मनोरन्जन प्रदान गरेका थिए ।

यस्तै डान्स आइडलका प्रतियोगीको नृत्यमा पनि दर्शक रमाएका सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए । मेलामा बाल उद्यानमा रमाउने र अवलोकनकर्ताको चाप बढेकाले स्टलहरुमा ब्यापार पनि राम्रो भई हाल सम्म करिब ५ करोडको कारोबार भएको स्टल व्यवस्थापन उपसमिति संयोजक एवं संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले बताए ।

स्टल राख्न आएका व्यवसायीहरु पनि दर्शकहरुको उपस्थितीले खुसी देखिएका छन् । रुपन्देहीलाई नै च्याउमा आत्मनिर्भर बनाउने अभियानमा लागेका विपना तरकारी तथा च्याउ सप्लायसैका सञ्चालक विष्णु न्यौपानेले दर्शकहरुको उपस्थितीले उत्साह बढेको बताए । बिदेशको भर पर्नु परिरहेको च्याउका परिकारहरुलाई रुपन्देहीकै माटोमा उत्पादन भएको च्याउले प्रतिस्थापन गर्ने प्रयास गरिरहेको न्यौपानेले बताए । च्याउमा किसानहरु सक्षम छन् भन्ने सन्देश दिन मेलामा स्टल राखिएको उनले बताए ।

 

मेलामै स्टल राखेकी लकासी अचार उद्योगकी सञ्चालिका पार्वती गिरीले पनि दर्शकको उपस्थितीले जाँगर बढाएको बताईन् । केहिवर्ष अगाडी सम्म अचारमा भारतीय उत्पादनले कब्जा जमाईरहेको अवस्थामा पछिल्लो समयमा नेपालमै गुणस्तरिय अचारहरु बन्न थालेपछि अचारको परनिर्भरता अन्त्य भएको गिरीले बताइन् ।

आइतबार चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, गायिका समीक्षा अधिकारी, लक्ष्मी बस्नेत, दीपक खड्का लगायतका राष्ट्रिय र स्थानीय गरी एक दर्जन कलाकारको सांगितिक प्रस्तुति रहने प्रचार प्रसार संयोजक जनेश पन्थीले बताए ।

स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस २० गतेसम्म चल्ने मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् ।

 

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ९ : ४८ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

दाङ । आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट