२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

बुटवल मेलामा सेल्फीजोनमा दर्शकको आकर्षण



बुटवल । बुटवलमा सञ्चालित चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा आउने दर्शकको आकर्षण सेल्फीजोनमा हुने गरेको छ । दर्शकलाई नयांपन दिन मेलास्थलमा विभिन्न जाति, धर्म, संस्कृति र परम्परा झल्कने १५ थरिका सेल्फी स्पट बनाइएको छ । मेला अवलोकन गर्न आएका दर्शकहरुले फरक फरक सेल्फी जोनमा फोटो खिचेर रमाउने गरेका छन् ।

यस्तै मेलास्थलमा रहेका ११ थरिका देवीदेवताका मुर्ति, नेपालकै नमूना नर्सरी गुप्ता नर्सरीको फूलले हराभरा स्टलमा पनि दर्शकले फोटो खिचाउने गरेका छन् ।

मेला सञ्चालन भएको चौथो दिनसम्म करिब एकलाख दर्शकले मेला अवलोकन गरेका आयोजकले जनाएका छन् । मेला आयोजक उद्योग ब्यापार संघ बुटवलका महासचिव पदम जीसीका अनुसार आइतबारसम्म करिब एक लाख दर्शकले मेला अवलोकन गरेको दाबी गरे ।

आइतबार चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, लक्ष्मी बस्नेत, दीपक खड्का,डान्स आइडलका प्रतियोगीहरु लगायतका राष्ट्रिय र स्थानीय गरी एक दर्जन कलाकारको सांगितिक प्रस्तुति रहेको प्रचार प्रसार संयोजक जनेश पन्थीले बताए । स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ आयोजित मेला पुस २० गतेसम्म चल्ने छ । मेलामा स्वदेशी र विदेशी गरी ४ सय ७० स्टल रहेका छन् ।

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ९ : १७ बजे

महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय ब्रान्ड बनाइँदै

ललितपुर । महिला उद्यमी महासङ्घ नेपालले महिला उद्यमीका उत्पादनलाई राष्ट्रिय

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीका २१ जना तेक्वान्दो खेलाडी छानिए

जुम्ला । जुम्लामा भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छनोट खेलमा

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा