५ पुस २०८२, शनिबार | December 20, 2025

चुनावको मितिबारे कहिले हुन्छ निर्णय ?



काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति तोक्ने बारे सरकार र निर्वाचन आयोगबीच छलफल भएर आगामी जेठ ४ मा गर्ने सहमति भयो । प्रधानमन्त्री देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच जेठ पाँचमा यसअघि निर्वाचित जनप्रतिनिधिको समय सकिनु अघि नै ४ गते निर्वाचन गर्ने सहमति भएको थियो ।

निर्वाचन आयोगका पदाधिकारीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार (आज) मन्त्रिपरिषद्बाट पास गराउने आश्वासन दिएका थिए । त्यसै अनुरुप निर्वाचन आयोग स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ । तर, निर्वाचनको मिति भने आज पनि घोषणा हुन सकेन ।

सामान्यता मन्त्रिपरिषद् बैठक सोमबार र बिहीबार बस्ने प्रचलन रहेको छ । आज मन्त्रिपरिषद्बाट स्थानीय तहको मिति तय हुने भनिएको भए पनि बैठक बसेको छैन । एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा दरार उत्पन्न भएको चर्चा चलिरहँदा स्थानीय तहको निर्वाचनको घोषणा ओझेलमा परेको देखिएको छ ।

एमसीसी पास गराउनु पर्ने दबाबमा रहेका देउवाले गठबन्धन दलहरुसँगको सहमतिमा यसलाई पास गर्दै निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको कतिपयको आकलन रहेको छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनसहित चुनावी मैदानमा जान चाहिरेहका माओवादी केन्द्र र एकीकृत समाजवादीमाथि देउवाले एमसीसी पास गर्न दबाब बढाइरहेका छन् ।

यदी त्यसो हुन नसके गठबन्धनको भविष्य नै अन्योलनमा पर्ने सम्भावना रहेको विषयमा समेत चर्चा भइरहँदा देउवाले निर्वाचन मितिबारे भन्दा पनि एमसीसी पास गर्ने विषयमा बढी जोड दिइरहेका छन् ।

 

प्रकाशित मिति : २० माघ २०७८, बिहिबार  ८ : ४२ बजे

देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।