१६ बैशाख २०८३, बुधबार | April 29, 2026

बुटवल १ मा संचालनमा रहेको फुडमाया रेष्टुरेन्टमा आगलागी



बुटवल । बुटवल उपमहानगर १ को पुरानो बुटवलमा आगलागी हुँदा लाखौंको धनमालको क्षती भएको छ । पारि बुटवल स्थित फुडमाया रेष्टुरेन्टमा आज साँझ आगलागी भएको हो ।

स्थानीय रैनू मियाको काठले बनेको २ तले घरमा रहेको सो रेष्टुरेन्टमा साँझ अन्दाजी ५ः३० बजे आगलागी भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्र्यालयका इन्चार्ज प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीको नेतृत्वमा ३५ जना र वडा प्रहरीका टोलिले ४ वटा दमकलको सहयतामा आगलागी नियन्त्रणमा आएको प्रहरी नायव उपरिक्षक केसीले बताए ।

आगलागी नियन्त्रणका लागि बुटवल उपमहानगरका २, सैनामैनाबाट १ र तिलोत्तमा नगरपालिकाको १ दमकलबाट आगलागी नियन्त्रण गरिएको थियो । स्थानीयको सहयोगमा सामान पन्छाउने काम भइरहेकाले क्षतीको विवरण आइनसकेको प्रहरीले जनाएको छ । रेष्टुरेन्टमा बिक्रि गरिने हुक्काबाट आगो सल्केको हुन सक्ने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ९ : ५२ बजे

चिकित्सकहरुको आन्दोलनका कारण भेरी अस्पतालको ओपीडी आज पनि खुलेन, सयौं विरामीहरु अलपत्र

नेपालगन्ज । चिकित्सकमाथि आक्रमण गर्ने तथा ज्यान मार्ने धम्की दिने

सञ्चार मन्त्रालयद्वारा प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको दाबी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा

ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौँ, १६ वैशाख स् ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि

बिपी कोइराला क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष

अध्यादेशबारे रास्वपाभित्रै असन्तुष्टि, गणेश कार्की भन्छन् – ‘यो बहादुरी होइन’

काठमाडौं । सरकारले हालै ल्याएको अध्यादेशप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी