२१ माघ २०८२, बुधबार | February 4, 2026

तिलोत्तमा मतगणना अपडेट : गठबन्धनले मतान्तर बढाउँदै , उपप्रमुखमा एमालेको जित निश्चित



बुटवल । रुपन्देहीको तिलोत्तमामा नेकपा एमाले र गठबन्धन बिच रोमाञ्चित यात्रा जारी रहेको छ । अधिकांश पालिकाहरुमा मतगणना सकिएर जन प्रतिनिधिहरुले पदबहाली गरि सक्दा पनि तिलोत्तमामा भने अझैसम्म मतगणना जारी रहेको छ ।

आईतबार बिहान सम्म अग्रस्थानमा रहेका नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार मोहन चापागाईंलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् । शनिबार सम्म पालैपालो अग्रता लिएपनि आईतबारबाट भने लगातार खाँणले अग्रता लिईरहेका छन् ।

३६ हजार १ सय ५१ मत गणना हुँदा ७ सय ५६ मतले अगाडि रहेका खाँण आज साझ ५:४५ बजे सम्म ३८ हजार ८ सय ८४ मत गणना हुँदा चापागाईंलाई ८ सय ३९ मतले पछाडि पार्दै खाँणले झन अग्रता बढाएका छन ।

पछिल्लो परिणाम अनुसार खाँणको १५ हजार २ सय ४६ मत आउँदा चापागाईंलाई १४ हजार ४ सय ७ मत प्राप्त भएको छ ।

उप प्रमुखमा भने भारी अन्तरले एमाले उम्मेदवार जागेश्वरी चौधरीले अग्रता लिएकी छन् । कांग्रेस र माओवादी केन्द्रकाबीच गठबन्धन भएपनि गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ । चौधरीको १४ हजार ५४ मत आउँदा शर्माको ७ हजार २ सय १ मत मात्र आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  ६ : ५५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता