१ पुस २०८२, मंगलबार | December 16, 2025

तिलोत्तमा अपडेट : मतान्तर बढाउँदै गठबन्धनका उम्मेदवार खाँण, उपप्रमुखमा एमालेको जित निश्चित



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मतगणना जारी रहेको छ । अधिकांश पालिकाहरुमा मतगणना सकिएर जन प्रतिनिधिहरुले पदबहाली गरि सक्दा पनि तिलोत्तमामा भने अझैसम्म मतगणना जारी रहेको छ ।

अहिले बिहान ५:१५ बजे सम्म ४२ हजार ७ सय १४ मतको परिणाम सार्वजनिक हुँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बनेका रामकृष्ण खाँणले ८ सय ६५ मतले अग्रता लिएका छन ।

आईतबार बिहान सम्म अग्रस्थानमा रहेका नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार मोहन चापागाईंलाई पछि पार्दै गठबन्धनबाट कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले अग्रता लिएका छन् । शनिबार सम्म पालैपालो अग्रता लिएपनि आईतबारबाट भने लगातार खाँणले अग्रता लिईरहेका छन् ।

पछिल्लो परिणाम अनुसार खाँणको १६ हजार ६ सय ४६ मत आउँदा चापागाईंलाई १५ हजार ७ सय ८१ मत प्राप्त भएको छ ।

उप प्रमुखमा भने भारी मतान्तरले एमाले उम्मेदवार जागेश्वरी चौधरीले अग्रता लिएकी छन् । कांग्रेस र माओवादी केन्द्रकाबीच गठबन्धन भएपनि गठबन्धनबाट उठेका माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्माले चुनावी तालमेल अनुसार मत नपाएको परिणामले देखाएको छ । चौधरीको १५ हजार ४ सय ३७ मत आउँदा शर्माको ७ हजार ८ सय २० मत मात्र आएको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलबार  ६ : ४६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज