काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता शुक्रबार बिहान पौने ९ बजेबाट हङकङको मोङकोकस्थित मिसन रोड ग्राउण्डमा सुरु हुँदैछ । नेपालले यसअघि अनुभवी ब्याट्सम्यान शरद भेषावकरको कप्तानीमा टोली घोषणा गरिसकेको छ । छोटो स्वरूपको यो क्रिकेट (छ ओभरको खेल) गतिशीलता, तीव्र आक्रमण र फरक रणनीतिको प्रयोगमा आधारित रहनेछ…