काठमाडौं । हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको छ । पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा पाँच विकेटको क्षतिमा ११२ रन बनाएको थियो । अफगानिस्तानका करिम जनातले १० बलमा चार छक्काको मद्दतमा ३५ रन जोडे । त्यस्तै, गुलबदिन नायब र सिदिकुल्लाह पचले समान २२-२२ रन बनाए ।…